किसानले नासपाती फलाउनु नौलो कुरा होइन । तर चीनका एक किसानले भने आफ्नो बारीमा भगवान बुद्धको आकारका नासपाती फलाएका छन् ।
हुबेइ प्रान्तस्थित हान्दन सहरका हाओ जियांघाङ नामका ती किसानले आफ्नो बगैँचामा यो सिजनमा झण्डै १० हजार दाना बुद्ध आकारका नास्पाती फलाएका हुन् । उनले ती नास्पातीलाई युरोपमा निर्यात गरेर नाम र दाम दुबै कमाउने सोँच बनाएका छन् । उनले वर्षको अथक मिहिनेतपछि बुद्धको आकारका नास्पाती फलाउन सफल भए । वास्तवमा ती नास्पाती आफै बुद्धजस्ता भएका होइनन् । उनले नास्पाती चिचिला लाग्दैमा बुद्धको आकारको प्लास्टिकको खोल भिराइदिने गरेका थिए । जसबाट नास्पातीको गेडाको आकार बढ्दै जाँदा बुद्धको मुर्ती जस्ता बन्दथे ।
अहिले ती बुद्धजस्ता नास्पाती किन्नका लागि उनको घरमा स्थानीय बासिन्दाको घुइँचो नै लागेको छ । उनले एउटा नास्पातीको मूल्य झण्डै ६ सय रुपैयाँ तोकेका छन् । स्थानीयलाई थोरै बेचेर बाँकी नास्पाती विदेश निर्यात गर्ने उनको सोँच रहेको छ ।